‘रोनाल्डोले एक्लै लिग जिताउन सक्दैनन्’

खेलकूद

टुरीन (एजेन्सी) – नेपोलीका मिडफिल्डर एलानले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्टसले लिग जित्न नसक्ने बताएका छन् । ३२ वर्षीय स्ट्राइकर रोनाल्डोले शनिबार किएभीविरुद्धको खेलबाट सिरी ए मा डेब्यु गरे । उनी जुलाईमा रियल म्याड्रिडबाट ११२ मिलियन युरोमा इटालियन क्लब पुगेका थिए ।

रोनाल्डोले आफ्नो डेब्यु खेलमा गोल गर्न नसकेपनि उनकै कारणले टेलिभिजनमा खेल हेर्ने दर्शकको संख्या धेरै बढेको थियो। लाजियोविरुद्ध २-१ को जित दर्ता गरेको नेपोलीका खेलाडी एलानले भने रोनाल्डोको आगमनले लिगमा प्रतिस्पर्धा बढेको बताएका छन् ।यद्यपी एक्लो प्रयासमा सिरी ए जित्न नसकिने उनको बुझाई छ ।

उनले भने, “इटालीमा उनको आगमनले हामीलाई अझ धेरै राम्रो गर्ने उर्जा दिएको छ किनभने यो एउटा प्रतिस्पर्धा हो । जुन खेलाडीले यति धेरै पटक उत्कृष्ट बनेको अवार्ड पाएका छन् उनी इटाली आउनु हाम्रो फुटबलका लागि राम्रो पक्ष हो । यसले यो कुराको देखाउँछ कि क्लबहरु ट्रफी जित्न आतुर छन् ।”

एलानले थपे, ” रोनाल्डोको आगमनले जुभेन्टस अझ बलियो बनेको छ तर उनले एक्लै क्लबलाई च्याम्पियन बनाउन सक्दैनन् । हामी आफुमा विश्वास गर्छौं र हरसम्भब सबै प्रयास गर्ने छौं युभेन्टसविरुद्ध जित निकाल्न ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *