भोलीवाट ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न पाउने

समाचार

विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ ।

विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म पसल खोल्न पाइने छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार ,व्यवसाय सन्चालन गर्ने गरी ब्यवस्था मिलाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्ने छ । यो निर्णय संगै विराटनगरमा आन्दोलित रहेका व्यवसायीहरुले खुसी ब्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस :

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा २ हजार भन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले बताए । उनले भने, ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषदले स्वीकृत गरेपछि जारी गर्छौ ।’ बुधबार सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका तथा स्वतन्त्र विज्ञलाई समेत छलफलमा बोलाएका छन् । छलफलले पनि स्वास्थ्य संकटकालको खाका तयार गर्ने डा. लोहनीले बताए ।

सरकारले कोभिड १९ को संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र कोभिड १९ का कारण मृत्यु भएको मान्ने भएको छ । सरकारले तयार पारेको नयाँ परिभाषाअनुसार कोरोना पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको मानिने छैन ।

यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड १९ का कारण मृत्यु भएको मान्ने गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले डब्लुएचओको मापदण्डका कारणले नेपालमा अन्य कारणले मृत्यु भएका बिरामीलाई पनि कोभिड १९ का कारण मृत्यु भएको मान्नुपरेको आशयको अभिव्यक्ति दिएका थिए ।

यसैबीच कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ को संशोधन गरी सरकारले कोभिड १९ बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ का कारणले मृत्यु भएको नमानिने नियम बनाएको छ।

संशोधित कार्यविधिमा भनिएको छ, ‘… कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिरामीको कोभिड-१९ सँग कुनै पनि सम्बन्ध नभएको घटना (जस्तै: चोटपटक) बाट मृत्यु भएको पुष्टि भए मात्र कोभिड १९ का कारण मृत्यु नभएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *