अबदेखि दशैंसम्मका लागि कडा नियम(भिडियो)

समाचार

काठमाडौं । लकडाउन खुकुलाे भएसँगै उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवा री पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।भिडियो हेर्नुहोस

सरकारले कोरोना भाइरसका संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकाको अवस्था भयावह उन्मुख रहेकाले मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेश अनुसार नयाँ नियम बनाएको जनाएको छ । बिहीबार स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर उच्च हुँदै जाँदा जोखिम बढेकोबताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकामा कुल एक सय ८१ आईसीयू मध्ये ८२ वटा आइसीयू प्रयोगमा रहेको बताउ नुभ यो । साथै, काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर मध्ये २७ वटा अहिले प्रयोग भइरहेका छन् ।सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसीयु बेड छुट्याएको जनाएको थियो ।

कोरोना संक्रमणको उपचारको लागि छुट्याइएका उपत्यकामा ठूला अस्पताल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञा न प्रतिष्ठान, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालका कोभिड बेड र आइसीयु बेडहरु भरिए का छन् ।लक्षणसहितका सक्रिय संक्रमितलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ ।

प्रवक्ता गौतमले दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न र दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसीयु बेड छुट्याएको जनाएको थियो । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर उच्च हुँदै जाँदा जोखिम बढेकोबताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *